Post Views: 83
बिरगंज २० मंसिर । वीरगञ्ज महानगरपालिकाले बजारका अब्यवस्थित भौतिक संरचना हटाउन थालेको छ ।
अब्यवस्थित र जीर्ण भौतिक संरचनाले शहरको सौन्दर्यकरणमा असर गर्नुका साथै मानवीय क्षति समेत हुने संभावना रहेकाले त्यस्ता संरचना हटाउन सुरु गरिएको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा सोमबार वीरगञ्जको घण्टाघर नजिक रेल्वे संस्थानको वर्षौंदेखि जीर्ण रहेको भवन हटाउन डोजर चलाइएको छ ।
जीर्ण भवन हटाएर उक्त स्थानलाई खुला क्षेत्रको रुपमा व्यवस्थित गर्ने गरि महानगरले योजना अगाडी बढाएको छ ।
मुख्य सडक छेउमा रहेको जीर्ण भवन डोजर लगाएर हटाउन सुरु गरेसँगै सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना पनि हटाउने महानगरले तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0