नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटीलाई निर्देशन

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।

काठमाडौं १८ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।

केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चुनावमा असहयोग गर्नेको नाम जिल्ला एवम् प्रदेश अनुशासन समितीमा परेको उजुरी पठाउन भनेका हुन् ।

जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।

Facebook Comments Box

समन्धित समाचार