Post Views: 86
काठमाडौँ मंसीर १५ । जनमत पार्टीको नेतृत्व गरिरहेका सिके राउत सरकारमा सहभागी हुने भएका छन् । राउतले आज प्रधानमन्त्रीसँग भेट गर्दै सरकारमा सहभागी हुने सहमति गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
विद्रोहबाट देशै टुक्रयाउने धम्की दिँदै आएका राउत जेल परेपछि तात्कालिन ओली सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । त्यस पछि चुनावमा भाग लिएका राउत पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनाउन सफल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0