बिरगंज १५ मंसिर । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दु:खद निधन भएको छ । आज बिहन उनको हृदयघातबाट निधन भएको हो ।
नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो ।अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको हो । उहाँको मृत्यु हृद्यघातको कारणले भएको हुन सक्ने चिकित्सकले अनुमान गरेको छ ।
विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहनुभएका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले पत्रकारिता जगतमै शोक छाएको छ । उहाँको निधनको खबर पाएपछि वीरगन्जका पत्रकारहरु सबै जना नारायणी अस्पतालमा पुगेका छन् ।
यद्दपी अस्पताल भर्ना गर्नभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।
सर्राफ विगत डेढ दशकदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । सगरमाथा टेलिभिजनको पर्सा जिल्ला संवाददातासँगै राष्ट्र सन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ समाजवादी प्रेस संगठनसँग पनि आबद्ध थिए ।
उनको निधनले पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको छ । पत्रकार जगतमा शोक छाएको छ ।
सर्राफको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।