सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका प्रदर्शन

बिरगंज १३ मंसिर । काठमाडौंको थापाथलीका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका कार्यालयमा प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो थापाथली स्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । सोही विरोधमा मंगलवार डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेकाे थियाे । तर उनीहरुले अटेर गर्दै आएपछि महानगरले समितिकाे समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो । तर त्यहाँका बासिन्दासँग झडप भएको थियो ।

Facebook Comments Box

समन्धित समाचार