वीरगंज, ११ मंसिर । निर्वाचन खर्च विवरण ३० दिन भित्र बुझाउन जिल्ला निर्वाचन कार्यालयमाको अनुराेध गरीको छ । जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी रञ्जीता झाले सूचना प्रकाशित गरी निर्वाचन खर्चको विवरण बुझाउन अनुरोध गरेकी छन् ।
मंसिर ४ गरे भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको र मतपरिणाम सार्वजनिक भइसकेका उम्मेदवारहरूले ३० दिनभित्र निर्वाचन खर्च विवरण उपलब्ध गराउन आग्रह गरिन् । सो अवधिमा खर्च विवरण उपलब्ध नगराउने उम्मेदवारहरूलाई प्रचलित कानून अनुसार कारबाई हुने उनले जानकारी गराएकी छन् ।
प्रतिनिधिसभा सदस्यको लागि प्रतिउम्मेदवार पर्सा क्षेत्र नं १ देखि ३ सम्म २७ लाख र क्षेत्र नं ४ मा २९ लाख रुपैयाँ खर्च तोकिएको थियो । यसैगरी, प्रदेशसभातर्फ पर्सा क्षेत्र नं ३ र ४ को (१)का प्रतिउम्मेदवारलाई १७ लाख र बाँकी क्षेत्रका उम्मेदवारलाई जनही रु १५ लाख खर्च सीमा तोकिएको र सोही अनुरूप खर्च विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।
यसअघि, स्थानीय निर्वाचनमा पर्सा जिल्लाबाट वडा सदस्य, अध्यक्ष, उपप्रमुख, प्रमुख र जिल्ला समन्वय समितिका पदाधिकारीसमेत गरेर ४४ जनाले मात्र तोकिएको समयमा खर्च विवरण बुझाएका थिए । सोबाहेकका सम्पूर्ण निर्वाचित तथा पराजित उम्मेदवारहरूलाई निर्वाचन आयोगले पद अनुसारको जरिवाना गरेको थियो ।
न्यूनतम डेढ लाखदेखि साढे सात लाखसम्म जरिवाना गरिएको र छ महीनाभित्र सो जरिवाना तिर्नुपर्ने समयसीमा तोकिएको थियो । दण्डित भएका केही व्यक्तिहरू समानुपातिकको सूचीबाट हटाइए भने जरिवाना नतिर्नेहरूलाई आगामी छ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने र थप सजाय हुन सक्ने प्रावधान छ ।