बिरगंज ११ मंसिर । पर्सामा मोटरसाइकल दुर्घटनामा परी बिरगंजका एक युवकको मुत्यु भएको छ । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका हवारीको उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
बिरगंजमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक १९ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय साहिल हवारी रहेका छन् । त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय सरताज अन्सारी रहेका छन् ।
वीरगञ्जस्थित स्पर्श मल्टीस्पेश्यालिटी हस्पिटलमामा गम्भीर रुपले घाइते भएको अवस्थामा भर्ना भएका हवारी उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक गिरीका अनुसार मृतक हवारीको लास जाचँ प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी उनको शव पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगञ्ज पठाई घटना बारे थप अनुसन्धान भइरहेको छ । घाइते अन्सारीको अवस्था सामान्य रहेको गिरीले जानकरी दिए ।