महोत्तरीमा मतगणना गर्ने क्रममा मतपेटिका भित्र नेताहरूले नेपाल देश लुटेर खाइसके पत्र भेटिएको

बिरगंज १० मंसिर । महोत्तरीमा मतगणना गर्ने क्रममा मतपेटिका भित्र नेताहरूले नेपाल देश लुटेर खाइसके पत्र भेटिएको छ । महोत्तरी क्षेत्र नम्बर १ को भँगहा नगरपालिका-३ को मतपेटिकामा भेटिएको उक्त पत्रमा ती मतदाताले नेताहरूले नेपाल देश लुटेर खाइसकेको टिप्पणी गरेका छन्।

Advertisement

नेताहरूले जनतालाई ठुलो धोका दिएर स्वीजरल्याण्डको बैंकमा पैसा जम्मा गरेको पनि ती मतदाता आरोप लगाएका छन् । नेपालको नेताले किसानका बारेमा केही विकास नगरेको पत्रमा उल्लेख गरेका छन्।

यसअघि पनि मतपेटिकाभित्र पत्र भेटिएको थियो। उक्त पत्रमा मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका थिए।

त्यस क्षेत्रमा उम्मेदवारी दिने सबै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका थिए।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जनता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको समेत उनले उल्लेख गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box