बारा क्षेत्र ४ बाट निर्वाचित श्रेष्ठ र सोनारलाई आयोगले दिए प्रमाणपत्र

दिपक चौरसिया
बिरगंज १० मंसिर । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा मधेस प्रदेशसभा सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वाचन आयोगले जनाए अनुसार शनिबार प्रत्यक्ष र समानुपातिक तर्फ मतगणना सकिएकोले प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई एक कार्यक्रमकाे आयोजना गरि निर्वाचितहरुलाई आधिकारिक प्रमाण पत्र वितरण गरिएको निर्वाचन आयोगले जनाएको हो ।

बारा-क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) बाट कृष्ण कुमार श्रेष्ठ (किसान), प्रदेशसभा सदस्य (क) मा नेकपा एमालेका देवनारायण थारु र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र प्रसाद सोनार (सोनल) निर्वाचित भएका हुन

प्रतिनिधिसभामा श्रेष्ठले पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् नेकपा एमालेका एकबाल मियाँलाई १० हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन् । त्यस्तै बारा-४ (क) बाट चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने (ख) बाट सोनलले जसपाका आत्माराम प्रसाद साहलाई पराजित गरेका छन् ।

नवनिर्वाचित तिनैजनालाई बारा-४ मा मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा मधेस प्रदेश सदस्यहरु अब जनताको चाहना अनुसार काम गर्ने उदघोष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.