बारा क्षेत्र २ मा पूर्वमन्त्री यादव दोस्रो कार्यकालका लागि निर्वाचित

बिरगंज १० मंसिर । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री रामसहाय प्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका यादव आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ सय ५४ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि यादव तत्कालिन सङ्घीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्ववन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउँदै जित हात पारेका हुन् ।

यादवले जितेसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ

Facebook Comments Box

समन्धित समाचार