मोटरसाइकल दुर्घटनामा पर्साका २ जनाको मृत्यु

बिरगंज ९ मंसिर । मोटरसाइकल दुर्घटना हुँदा पर्सा जिल्लाका २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा बिहीबार राति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँएकाले २ जनाको मृत्यु भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा पर्साकाे मिर्जापुर घर भएका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलाल प्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.