दिपक चौरसिया
बिरगंज ८ मंसिर । हाल सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा बारा जिल्लाको क्षेत्र नम्बर ४ को `ख´ बाट प्रदेश सभा सदस्यमा नवनिर्वाचित हुनु भएका माननीय जितेन्द्र प्रसाद सोनार अस्पताल भर्ना भएका छन् ।
चुनावको धपेडीले विगत तीन दिनदेखि रुघाखोकी र ज्वरो आउनुका साथै कम्मरमा पनि दुखाइ र स्वास्थ्यमा अवस्था झन समस्या देखिएपछि सोनल बिहिबार अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।
बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएर प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्ता र समर्थकहरूसँग खुशीयाली मनाएर राति घर फर्किदा रुघाखोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजेतिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए।
अस्पताल भर्ना भएका सोनलको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार पनि भइरहेको एलएस न्यूरो अस्पतालका डाक्टर सर्राफले जानकारी दिए।
सोनलका स्वकीय सचिव रमेश सर्राफका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
लोसपाका मधेस प्रदेश अध्यक्ष र मधेश प्रदेशका पूर्वभौतिक पूर्वधार विकासमन्त्रीसमेत रहेका सोनल भर्खरै सम्पन्न आम निर्वाचनबाट दोस्रो कार्यकालका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।