वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर १ मा दोश्रो पटक जित हात पार्दै प्रदीप यादवले नयाँ इतिहास रचेका छन् ।२०४८ देखि २०७४ सम्म भएका ६ वटा निर्वाचनमा कसैले पनि दोहोर्याएर जित हात पार्न नसकेको पर्सा क्षेत्र नम्बर १ मा यादव भने लगातार दोश्रो पटक जित हासिल गर्दै नयाँ इतिहास रचेका हुन् ।
जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । काँग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ ।
यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । सत्तागठबन्धनका उम्मेदवार हुदाका बाबजुद पनि कर्णले १ हजार १ सय १७ मत मात्रै प्राप्त गरि चौथो स्थानमा सिमित हुन पुगेका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५९ मत पाएका पाएका छन् ।
पर्सा १ मा प्रतिनिधीसभा सदस्यमा लगातार दोश्रो पटक जितेका यादव पुर्व वन तथा वातावरण मन्त्री पनि हुन् । मंसिर ४ को निर्वाचनको देशैभर जारी मतगणनामा देशरभरबाटै जसपाबाट निर्वाचित हुने यादव पहिलो प्रतिनिधीसभा सदस्य पनि हुन् ।
२०७४ को निर्वाचनमा उनि यहि क्षेत्रबाट २१ हजार १ सय ३२ मतका साथ पहिलो पटक प्रतिनिधीसभा सदस्यामा निर्वाचित भएका थिए । २०७० मा भने उनि नेकपा एमालेका उम्मेदवार विचारी यादवसंग पराजित भएका थिए ।