बारा क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ र ४ (ख) मा प्रदेशसभा सदस्यामा सोनल विजयी

वीरगञ्ज, ७ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ ( किसान ) विजयी भएका छन । सोही बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।

श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।

श्रेष्ठले मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्न सफल भएका छन ।

पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोनल १३ हजार ५९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २६९ मत मात्रै पाएका छन् । 

सोनल र साह बिचको मतान्तर ५ हजार ३२७ रहेको छ ।

मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।

Facebook Comments Box

समन्धित समाचार