दिपक चौरसिया
बिरगंज ७ मंसिर । मंसिर ४ गते देशभर एकैसाथ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भए संगै नतिजा आउने क्रम जारी रहेको छ। पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा बम गठबन्धनका उमेदवार नेपाली काङ्ग्रेस बाट प्रतिनिधि सभा सदस्यमा ३११४२ मत प्राप्त गरि रमेश रिजाल बिजयीभएका छन् । उनका प्रतिद्वन्द्वी एमाले र जसपाका गठबन्धनका उमेदवार जालिम मियाँ मंसुरीलाई पराजय गरेका हुन उनलेे २५६१९ मत प्राप्त गरेका थिए।
क्षेत्र नम्बर १ मा ताजा समाचार प्राप्त भए अनुसार प्रतिनिधि सभा सदस्यको ४०२०१ मत गणना गर्दा गठबन्धन एमाले जसपाका उमेदवार प्रदिप यादवले १८१३४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अजय दुवेढीले १५ ९९६ मत प्राप्त गर्नु भएको छ। क्षेत्र नम्बर १ को क मा प्रदेश सदस्यमा बम गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका रहबर अंसारीले ७८१७ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा जसपा र एमालेका उमेदवार बिचारी यादव ५५१८ मत ल्याइ पराजय भएका हुन ।
क्षेत्र नम्बर १ को ख मा एमाले जसपा गठबन्धनका उमेदवार मुख्य मन्त्री लालबाबु राउत गढीले ७५४५ मत प्राप्त गरि बिजयी भएका छन ।उनका प्रतिद्वन्द्वी बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार रामनारायण कुर्मी ६२१२ मत प्राप्त गरि पराजय भएका हुन । क्षेत्र नम्बर २ को क मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार श्याम पटेल १३७८४ मत प्राप्त गरि बिजयी भएका छन उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका उमेदवार जसपाका रामनरेश प्रसाद यादव १२१२७ मत प्राप्त गरि पराजय भएका हुन।
क्षेत्र नम्बर २ को ख मा बमगठबन्धनका लोसपाका उमेदवार रमेश पटेलले ९४७१ मत प्राप्त गरि बिजयी भएका छन उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार रुपेशमान सिंहलाई पराजित गरेका हुन उनलेे ६८३४ मत प्राप्त गरेका थिए। क्षेत्र नम्बर ३ को क मा स्वतन्त्र उमेदवार प्रमोद प्रसाद जैसवालले ६२१३ मत ल्याइ बिजयी भएका छन उनका प्रतिद्वन्द्वी एमाले जसपाबाट गठबन्धनका उमेदवार अब्दुल रहिम ४३६६ मत प्राप्त गरि पराजय भएका हुन ।
क्षेत्र नम्बर ३ को ख मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार जनार्दन सिंह क्षेत्रीले ६४०० मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका उमेदवार जसपाका मधु गुप्तालाई पराजय गरेका हुन उनलेे ४६०८ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ४ को क मा बम गठबन्धनका नेपाली काङ्ग्रेसका उमेदवार शंकर चौधरीले १२१५४ मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका एमालेका उमेदवार जयप्रकाश थारूले १०४३८ मत प्राप्त गरि पराजय भएका हुन ।क्षेत्र नम्बर ४ को ख मा एमाले जसपा गठबन्धनका जसपाबाट उमेदवार भएका सिगासन कलवारले १५८८५ मत प्राप्त गरि बिजयी भएका छन।उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार प्रल्लाद साहले १२६४१ मत पाएर पराजय भएका हुन।क्षेत्र नम्बर १ मा ७७९३३ मतदाताहरु रहेकोमा ५१३७९ जनाले मतदान गरेका थिए।हाल सम्म मत गणना भएको ४०२०१ र बाकी १११७८ गन्न रहेको निर्वाचन आयोगले जनाएको छ।