गौतम स्कुलका विद्यार्थीहरुको फुड फेस्तिभल तथा नृत्य प्रस्तुति

वीरगंज ११ फागुन । गौतम स्कुलमा अध्यानरत कक्षा ७ र ८ का विद्यार्थीहरुले सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन पनि विभिन्न करिब १०० प्रकारका फुड फेस्तिभल तथा नृत्य प्रस्तुति गरि सम्पन्न भएको छ।

Advertisement

सामाजिक बिषयका शिक्षक दिनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो फुड फेस्तिभल प्रदर्शनी कार्यक्रममा नेवारी ,भोजपुरी ,मैथिली ,माडवाडी, पंजाबी,मधेसी ,लगायत करिब १०० प्रकारका खानका परिकारहरु प्रदर्शनी गरेका थिए।

बिधालय ब्यवस्थापक सौरज प्रधानका अनुसार सामाजिक बिषयको ७५% प्रतिशत लिखित र २५% प्रतिशत प्रयातिकल भएकोले यो खानाको परिकार तयारी गर्नुपर्ने बताएका छन् ।त्यसैगरी गौतम स्कुलका डाइरेक्टर सोनम लामाले बताए अनुसार अब बिधालयले यो खाना पकाउने परिकारको बिषय पनि समेत्ने तयारी भइरहेको बताएको छन् ।

उनलेे अब किताबको ज्ञान भन्दा पनि प्रयातिकल धेरै आवश्यकता रहेको बताउदै भोलि यी विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न घर भन्दा बाहिर जानुपर्ने भएकोले बिधालय स्तरमा यस्तो फुड फेस्तिभल प्रदर्शन तथा तयारी गर्न लगाउन जरुरी रहेको डाइरेक्टर लामाले बताएका छन् ।

नृत्य प्रस्तुतिमा तामाङ सेलो प्रथम छलिया डान्स दोस्रो थारू नृत्य तेस्रो भएका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box