नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा १ फाल्गुन / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेको १४ जना खेलाडीलाई युवा नेता दुबेले बिदाइ गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले संघीय राजधानी काठमान्डौमा हुने अन्तरास्ट्रिय खेलका लागि १४ जना खेलाडीलाई बिदाइ गरेका हुन ।

संघीय राजधानी काठमान्डौमा शनिवारदेखी हुन लागेको अन्तरास्ट्रिय खेलमा भाग लिन जाने खेलाडीलाई टिक्का लगाइ आर्थिक सहयोगले युवा नेता दुबेले बिदाइ गरेको स्थानीय दिपक दासले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिका भित्र रहेका खेलाडीहरूलाइ सुरू देखि नै सम्मान गर्दै आएका युवा नेता उमेश दुबेले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाइ १० हजार नगद सहित १४ जना खेलाडीलाई टीका लगाइ बिदाइ गरेको जानकारी दिनुभयो ।

बिदाइ कार्यक्रममा बोल्दै युवा नेता उमेश दुबेले खेलाडीहरू मुलूककै शानको रूपमा रहेको र त्यो शानलाइ स्थानीय सरकारले बुझन नसकेको दुख प्रकट गर्नुभयो । उहाले खेलाडीलाई निराश नभइ आत्मबलका साथ अगाडी बढन सुझाव दिएका थिए । अन्तरास्ट्रिय खेलमा सहभागी मात्र नभइ जितेर आउन खेलाडीहरूलाइ युवा नेता दुबेले सुझाएका थिए ।

कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत ३५ जना युवाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.