बीरगन्ज २५ माघ । बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमी स्कुलको १० औ वार्षिकोत्सब समारोहमा सम्पन्न गरेको छ ।
बिधालयका संचालक अर्थात डाइरेक्टर हरिश्याम ठाकुरको सभापतित्व तथा जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनार अजय सरार्फको प्रमुख आतिथ्यमा सो बिधालयको वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।
वार्षिकोत्सब समारोहको उदघाटन गदै सरार्फले भने बिधालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत उतिकै महत्त्वपूर्ण योगदान गरेकोमा प्रशसा गर्नुभएको थियो ।पर्सा जिल्लामा निजी बिधालयहरुको त्यो भिडबाट अग्र स्थानमा आफुलाई उभिएर चिनाउन सफलता प्राप्त गरेकोमा बधाई तथा शुभकामना समेत दिनुभएको छ।
बिधालयले अहिले हरेक क्षेत्रमा राम्रो प्रगति गरेकोमा यो भन्दा थप अरु अगाडि बढन सुझाव दिदै आफुले गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ। बिधालयमा अध्यापन गरिरहेका वर्षभरि विभिन्न खेलकुद ,संस्कृतिक र उत्कृष्ट अंक ल्याउन सफल भएका नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो भने बिधालयमा लामो समयदेखि काम गदैआइरहेका शिक्षक शिक्षिकाहरुलाई समेत बिधालयले सम्मानित गरिएको डाइरेक्टर एवम् प्रिन्सिपल हरिश्याम ठाकुरले जानकारी दिनुभएको छ।
उनलेे बताए अनुसार बिधालयले विपन्न तथा जेहेन्दार घाइते शहित परिवारलाई समेत राहत दिने गरेको बताएका छन् ।बिधालयको वार्षिकोत्सब समारोहमा जिल्ला समन्वय समितिका उपसभापति पुरन कुर्मी ,बिधालयका संचालिका श्रीमती शोभा यादव ,उर्मिला कुशवाहा,संचालक डाक्टर महेन्द्र यादव ,वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसिया,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,सचिव अमित आलोक,पुर्व अध्यक्ष प्याब्सन जिल्लाका पुरन प्रधान ,पुर्व नगर अध्यक्ष आलोक चौरसिया,प्रअ हरेन्द्र प्रसाद कुर्मी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया,न्युवेभ माविका प्रिन्सिपल सुभाष प्रधान ,अमृत पुस्तक पसलका संचालक जताशंकर यादव तथा विभिन्न बिधालयका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो ।
वार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा संस्कृतिक प्रस्तुति गरेका थिए। कार्यक्रमको स्वागत मनतब्य बिधालयका संचालक नागिना प्रसाद साहले गर्नुभएको सो कार्यक्रमको सहजिकरण शिक्षक प्रेम गुरुङले गरेका थिए।
