७००० भन्दा बढीको सहभागिता मा भव्य कलश यात्रा संगै ईटियाहीमा महायज्ञ शुरु

बारा २३। बाराको विश्रामपुर गाँउपालिका वडा नं ५ ईटियाहीमा १५ वर्ष पछि लागेको श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञको सुरुवात भएको छ।

Advertisement

बुधबार बाजागाजासहित भव्य रुपमा निकालिएको कलश यात्रा संगै १५ वर्ष पछिको महायज्ञ शुरु भएको हो। उक्त महायज्ञमा हिन्दुहरूको महान गाथाहरू महाभारत, रामायण, बिष्णु पुराण, शिव पुराण र अन्य ग्रन्थहरुको चित्रण मुर्तिहरूद्वारा गरिएको छ।

१ हजार २१ वटा मुर्तिहरूले मेलालाई भव्य बनाएको छ। यस अघि वि.स. २०६६ मा उक्त ठाउँमा यस्तै महायज्ञ लागेको थियो त्यसैको जोडा स्वरुप यो महायज्ञ लगाइएको महायज्ञ प्रचार प्रसार संयोजक राजकुमार सरार्फ ले बताए ।

यस वर्षको मेलाको औपचारिक सुरुवात भने माघ २४ गते बिहीबारदेखि हुनेछ भने समाप्ति फाल्गुन कृष्ण त्रयोदशी अर्थात फाल्गुन १५ गते बिहीबारको दिन हुने छ। उक्त महायज्ञ २२ दिन हुने छ।

महायज्ञमा मनोरञ्जनकालागी बिभिन्न किसिमका साधन हरु लगाईएका पनि सरार्फले जानकारी दिए। महायज्ञले पुरै गाँउ नै उल्लासमय बनेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box