सरस्वती पूजा र धार्मिक यात्राहरुमा हुने मुर्ति बिर्सजनमा अवरोध गरे प्रतिकारमा उत्रने हिन्दु संघसंगठनहरुको चेतावनी

  • वीरगन्ज,२१ माघ । हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघसंस्थाले यसपालिकाको सरस्वती पूजा र धार्मिक र्‍यालीहरुमा मुर्ति र्बिर्सजनका क्रममा फरक धर्म समुदायबाट कुनै उच्छृंखल गतिविधी भए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

आइतबार वीरगन्जमा विश्व हिन्दु परिषद, राष्ट्रिय जबरंग दल,हिन्दु परिषद नेपाल,इस्कोन लगायतका संघस.स्थाहरुले पत्रकार सम्मेलन नै गरेर उक्त चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा हिन्दु समाजका अगुवाहरुले सरस्वती पूजा सम्पन्न भएपछि हुने मुर्ति बिसर्जनका क्रममा बाटोमा यदि कुनैपनि धर्म समुदायका व्याक्तिहरुले अवरोध गरे वा उच्छृंखल गतिविधी गरेर सम्पूर्ण हिन्दु समाजले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए ।

Advertisement

विगतका बर्षहरुमा विशेषगरी मधेसका रौतहट,,सिराहा लगायतका जिल्लामा सरस्वती पूजाको मुति बिर्सजन गर्न नदि वा तलाउमा जाँदै गर्ने क्रममा फरक धर्म समुदायका व्याक्तिहरुले हिन्दुहरुमाथि ढुंगामुढा गर्ने,जुत्ताचप्पल प्रहार गर्ने जस्ता साम्प्रदायिक घटना गराएकोले अब यसपालिपनि कुनैपनि जिल्लामा त्यस्तो घटना दोहोरिए हिन्दु समाज कडा प्रतिकारमा उत्रिने चेतावनी उनिहरुले दिए ।

विगतका बर्षहरुमा भएका त्यस्ता अप्रिय घटना यसपालि नहोस् भन्ने सन्देश दिन पत्रकार सम्मेल गरिएकोपनि उनिहरुले बताए । यदि गर्न खोजिए सम्पूर्ण हिन्दु समाज अब चुप लागेर नबस्ने तथा कानूनी उपचारका लागिपनि नजाने भन्दै उनिहरुले त्यसको सट्टा सिधै प्रतिकारमा उत्रिने चेतावनी दिए ।

विश्व हिन्दु परिषद पर्साका अध्यक्ष बृजेश मल्लिकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषदका रामचन्द्र बर्मा,राज राष्टिय बजरंग दलका राजेश झा ,हिन्दु परिषद नेपालका राष्ट्रिय अध्यक्ष सन्जय सर्राफ ,विश्व हिन्दु परिषदका रन्जन सिंह लगायतकाको सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box