सनलाईट कलेजले आधुनिक लाइब्रेरी खोल्यौ,विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा

 

वीरगंज १७ माघ । वीरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवामा सनलाईट कलेजले आज एक कार्यक्रम बिच विद्यार्थीहरुलाई लक्षित गरेर लाइब्रेरी खोलिएको छ ।

कलेजका डाइरेक्टर डिके चौरसियाले एक कार्यक्रम बीच रिवन काटेर उदघाट्न गर्नु भएको हो । कक्षा ११ , १२ र बिबिएका बिद्यार्थीहरुको लागी लक्षित गरेर निशुल्क अध्यान गरुन् भनेर उक्त लाइब्रेरीको उदघाटन गरिएको डाइरेक्टर चौरसियाले बताएका हुन ।

उनलेे बताए अनुसार विद्यार्थीहरुलाई यहीँ पढ्ने वातावरण होस् भन्ने हाम्रो लक्ष्य रहेकोले उक्त लाइब्रेरी पनि समयमा खोलिएको बताए । लाइब्रेरी उदघाटन समारोहमा प्रधानाध्यापक आलोक चौरसियाले बिद्यार्थीहरुको चौतर्फी विकास गर्नेको लागी अहिले देखि नै बैंक , प्रहरी , सेना , संस्थान , शिक्षक सेवा , पाठ्यसामग्री अनुसार कक्षा ११ , १२ बिबिए पढ्न आधुनिक पुस्तक राखिएको बताएका छन् ।

अब हरेक दिन स्थानीय , राष्ट्रिय पत्रपत्रिका उपलब्ध गराउने यसबाट पनि विद्यार्थीहरुमा के कस्ता समाचारहरु पस्केका छन् भन्ने बारेमा जानकारी गराउने उदेश्य रहेको चौरसियाले बताएका हुन ।
बिद्यार्थीहरुलाई सिसिक्यामराबाट निगरानी गरिने भएकोले विद्यार्थीहरुमा अध्यापनमा ध्यान दिने बताए ।

उदघाटन कार्यक्रममा सहायक प्रधानाध्यापक रंगराजन चौरसिया , शिक्षक दिनानाथ साह , रामबाबु बैठा , सोनिया सरार्फ एवम् बिद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.