विभिन्न खेलकुद नित्य अयोजना गरि नवदिप एकेडेमी स्कुलले मनायो १२ औ वार्षिकोत्सब

वीरगंज १६ माघ । बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १२औ वार्षिकोत्सबको अवसरमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि मनाएको छ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेको विपद ब्यवस्थापन गुल्म खेलमैदानमा आज एक समारोहबीच बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले फुलको विरुवामा पानी हालेर उदघाटन गर्नुभएको हो । नगर प्रमुख सिंहले अहिले निजी बिधालयका विद्यार्थीहरुले शिक्षा संगै अतिरिक्त क्रियाकलापमा निकै उपलब्धि गरेको बताए ।

उनलेे भने विद्यार्थीहरुको क्षमता विकास बढाउन यस्तै गतिविधि गर्न आवश्यकता रहेकोले यो नवदीप एकेडेमीका विद्यार्थीहरुले आज विभिन्न नृत्यहरु तथा खेलकुदमा राम्रो प्रदर्शन गरेकोमा बिधालय परिवारलाई धन्यवाद समेत दिनुभएको छ।

बीरगंज महानगरपालिकाले निजी तथा सामुदायिक बिधालयहरुका आफुले विभेद नगरेको र एकै ढंगले हेर्ने गरेको नगर प्रमुख सिंहको भनाइ रहेको छ। त्यसैगरी मधेस प्रदेशका सदस्य रहबर अन्सारीले शिक्षा क्षेत्र संग अतिरिक्त क्रियाकलापहरुमा निजी बिधालय निकै अगाडि बढेकोमा खुशी ब्यक्त गरेका छन् ।

त्यसैगरी प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले प्याब्सनले अब निजी बिधालयहरु कसरी अगाडि बढाउने र विद्यार्थीहरुको क्षमता विकास तथा अन्य अतिरिक्त क्रियाकलापहरु चाडैं संचालन गर्ने र बीरगंज महानगरपालिका संग सहकार्य र समन्वय गरेर अगाडि बढने प्रतिबद्धता जनाउनु भएको छ।

नवदीप एकेडेमीका प्रिन्सिपल एवम् प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब समारोहमा मधेस प्रदेशका निति आयोगका सदस्य डाक्टर हरिशंकर साह,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,प्याब्सन पर्साका उपाध्यक्ष विरेन्द्र यादव ,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई,प्याब्सन मधेस प्रदेशका सदस्य इमामुदीन अहमद ,मानव सेवा आश्रमका देवेश मानव ,मिरमिरे अनलाइन मधेस प्रदेशका संयोजक दिपक चौरसिया,विकास चौधरी लगायतको उपस्थित रहेको थियो ।

विभिन्न खेलकुदमा बिजेता उपविजेताहरुलाई प्रमाणपत्र तथा शिल्डले विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।कार्यक्रमको स्वागत मनतब्य शिक्षिका रानी प्रजापतिले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण आदित्य यादव र नेहा अग्रवालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.