Post Views: 104
वीरगंज ११ । वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण संवद्र्धनका लागि सूचिकरण गर्ने तयारी थालेको छ ।
त्यसका लागि महानगरपालिकाले प्रेमबाबु पटेलको संयोजकत्वमा सम्पदा व्यवस्थापन उपसमिति नै बनाएर काम अगाडी बढाएको छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक आस्थाका पूर्वाधार, स्थायी एवं स्तरोन्नती स्वीकृति प्रयोजनको लागि सम्पदा व्यवस्थापन उपसमिति संयोजकमा पटेललाई महानगर प्रमुख राजेशमान सिंहले जिम्मेवारी दिनुभएको हो ।
शुक्रबार संयोजकमा मनोनयन गरेको पत्र हस्तान्तरण गर्दै महानगर प्रमुख सिंहले महानगर क्षेत्र भित्रका सबै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको सूचिकरण गरी ती स्थलहरुको संरक्षण र संवद्र्धनमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले समितिलाई चाँडै पूर्णता दिइने पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0