जसपा नेपालका युवा नेता शिव कुमार साहले भाथाधामका भक्तजनलाई जलपान बितरण

पर्सा २३ श्रावण । जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले पटेर्वा सुगौली गाउँपालिका -१ सोनबर्सामा श्री श्री १०८ श्री दुधेश्वेरनाथ महादेव भाथाधामका भक्तजनलाई जलपान बितरण गरेका छ्न ।

Advertisement

दुधेश्वेरनाथ महादेवको मन्दिर आरक्ष भित्र जंगलमा भएको कारण सो क्षेत्रमा खाद्यान्न सामग्री एवं पानीको ब्यवस्थापन नभएको तथा घामको मध्य नजर गर्दै पानी, सर्बत, फुरुटी, चाना र भुजाको जलपानको ब्यवस्थापन गरिएको युवा नेता साहले बताए ।

आफू समाजिक सेवाका निमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, गरिब असहायलाई आर्थिक सहयोग, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा विभिन्न सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाएका छ्न ।

जनता समाजवदी पार्टी नेपाल क्षेत्र नं.३ को आयोजनामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मन्सुर, प्रदेश सदस्य दिपक यादव, सखुवा प्रसौनी गाउँपालिका पुर्व अध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष शर्मिला बिश्ट, शिक्षक नेता भरत गिरि, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, युवा नेता रमेश साह, गौरीशंकर मन्डल, बोद्रोदिन मिया लगायतका स्थानीय नागरिक, पत्रकार, सुरक्षा निकाय एवं स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box