पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडामा कुम्भ मेला, शाही स्नान सुरु;

पर्सा ११ श्रावण । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडामा कुम्भ शाही स्नान सुरुभएको छ ।
कुम्भ मेला समितीको आयोजनामा सुरुभएको कुम्भ शाही स्नान श्रावणको दोस्रो मंगलबार १० गते देखी सुरु भएको स्नान श्रावण १७ गते मंगलबार र श्रावण २५ गते अन्तिम मंगलबार गरी तिन चरणमा समापन हुने समितीका अध्यक्ष सुरेन्द्र प्रसाद ओझैयाले जानकारी दिनु भयो ।


नेपालको एतिहसमा यो दोस्रो कुम्भ स्नानको लागी निस्केको यात्रा भाथा खोलामा स्नान गरी सोही खोलाबाट जल लिदै दुधेश्वरनाथ बाबालाई जल चढाईएको थियो ।


यो मेला भाथा धामको प्रङ्गणमा सम्पन्न हुने भएकोले यसक्षेत्रका साधु संत, स्थानिय सहीत विभिन्न देश विदेशबाट भाथा बाबाको दर्शन गर्ने आउने भक्तजनको अनगीनत सहभागीता हुने भथौडा रामजानकी मठका महन्त धरमेन्द्र बाबाले जानकारी दिनु भयो ।


पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडामा यो मेला श्रावण अन्तिम सम्म रहने वहाले बताउने भयो ।


सोहीकार्यक्रमका सहभागी पर्सा निर्वाचन क्षेत्र ३ को क बाट निर्वाचित मधेश प्रदेश सदस्य मन्जुर अंसारीले यस यज्ञमा कमिदेखीएका व्यवस्थापनको खर्च आफले बेह्रोने बताए । र यस क्षेत्रको विकासको लागी मधेश प्रदेश सरकार सकारात्मक रहेको वहाले बताउनु भयो ।
सुरुभएको कुम्भ शाही स्नान श्रावणको दोस्रो मंगलबार १० गते देखी सुरु भएको कुम्भ स्नानसहीत बाबा दुधेश्वरनाथको दर्शन भएकोमा मन, आत्मा अतिप्रशन्न भएको जसपा केन्दीय सद्स्य विन्देश्वर यादवले बताउनु भयो । त्यसैले आउदो दोसा्रे शाही स्नान १७ गते मंगलबारको दिन यहाँ आउने साधु संत, भक्तजनहरुका लागी निसुल्क भोजनको व्यवस्था गर्ने यादवले संतहरुलाई बताए ।


कुम्भ शाही स्नानमा नेकपा माओवाद केन्द्र स्थानीय नेतासरिफ गद्दी, लोसपा महिला केन्द्रीय सद्स्य मुन्नी श्रीवास्तव ,सखुवा प्रसौनी गा पा जसपा नेता अशेसवर साह कानु, श्यामबाबु पटेल, शंकर साह बिनोद प्रसाद कानु ,पटेर्वा सुगौली गा.पा.५ का पुर्व वडा अध्यक्ष मोतीलाल साह अमिका साह लगायतका स्थानिय नेता कार्यकर्ता र स्थानियको सहभागीता रहेको थियो । शाही स्नानमा जसपा महिला केन्द्रीय सद्स्य मुन्नी श्रीवास्तव लगायत स्थानिय नेता कार्यकर्ता र स्थानियको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.