वडा स्तरीय टोल सुधार समितिले गर्यो खैरामाइ मन्दिरको सरसफाइ, फेटाको प्रत्येक वडामा समिति गठन हुने

बारा २७ कात्तिक । बाराको फेटा गाउपालिका वडा नम्बर १ स्थित रहेको श्री खैरामाइ मन्दिरको प्राङ्गण वडा स्तरीय टोल सुधार समितिले सरसफाइ गरेका छन । मङ्गलवार बिहान वडा स्तरीय टोल सुधार समितिले दोश्रो पटक खैरामाइ मन्दिरको सरसफाइ गरेका हुन ।

Advertisement

हिन्दुहरूको महान पर्व बडा दशै र पुर्णिमामा लाग्ने खैरा माइ मेलाको समयमा सरसफाइ गरिएको वडा स्तरीय टोल सुधार समितिका अध्यक्ष शेसनाथ यादवले जानकारी दिनुभयो । उहाले समाजिक कार्यको निम्ति, समाजमा हुन सक्ने योगदानको निम्ति, समाजमा हुन सक्ने प्रगतिको निम्ति वडा स्तरीय टोल सुधार समिति जहिले पनि खडा रहने बताउदै हाल कात्तिक ३० गतेदेखी पाच दिनको लागि लाग्न गइरहेको मेलाको समयमा सरसफाइको कार्यक्रम राखिएको बताए ।

यता वडा स्तरीय टोल सुधार समितिका संस्थापक तथा फेटा गाउपालिकाका समाजसेवीका साथै वरिष्ठ पत्रकार उमेश दुबेले समाजिक कार्यको लागि नै टोल सुधार समिति गठन गरिएको बताए । स्थानीय तहले गर्न नसकेका तथा समाजिक कार्यमा स्थानीय तह आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको ठाउमा टोल सुधार समिति अग्रसर हुने गरेको दुबेले बताए । उहाले टोल सुधार समितिका सम्पूर्ण सदस्यहरू आ-आफ्नो ठाउहरूबाट समाजसेवामा लागि सकेको बताए । वडा नम्बर १ सङ्गै प्रत्येक वडामा टोल सुधार समिति गठन हुने संस्थापक उमेश दुबेले जानकारी दिनुभयो ।

वडा स्तरीय टोल सुधार समितिले आयोजना गरेको सरसफाइ कार्यक्रमा बोर्डर आउट पोस्ट मटिअर्वा र बरैनियाबाट १५ जना सशस्त्र प्रहरीको टोलि र इलाका प्रहरी कार्यालय प्रसौनीबाट ६ जना नेपाल प्रहरीको टोलि समेतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको समितिका उपाध्यक्ष रामजी दासले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box