वीरगंज ०२ कार्तिक । वीरगंजमा बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राबिधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीको द्वारा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन अभिलाष गुप्ताले गर्नु भयो ।
नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल”प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण अन्तरगत आज वीरगंज सुरु भएको हो। सो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ , नयाँदिल्ली, कोची, इस्तानाबुल , सिङापुर , नेदरल्याण्डको ब्रेडा लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।
यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत
नेपालको महिलावादी इतिहासलाई संरक्षण एवम प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न चाहन्छ यस नेपाल पिक्चर लाइब्रेरीका अनुसन्धान प्रमुख दिवश राजा के.सी. ले प्रष्ट पारेका थिए।
सो कार्यक्रममा प्रशासन प्रमुख निशान्त सिल्पकार , फोटाे संकलन प्रमुख शिखर भट्टराई , लाइब्रेरीयन सरिता सिंह ,फोटाे सर्कल ग्रुपका अध्यक्ष नयन तारा गुरुङ , कमुनिकेसनका सम्झना नेपाली लगायतकाको उपस्थित थियोे।
यस कार्यक्रममा समाज सेवि , बिद्यार्थी भाई बहिनी साथै स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका उपाध्यक्ष मधुराना , बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं , सन्चारकर्मी बिजय महतो , पंकज श्रेष्ठ, राजेन्द्र सिंह राजपुत , लालबाबु सिंह , अभिलाष गुप्ता ,शकर आचार्य , हसमोदिन समानी , राज सराफ , त्रिलोकिनाथ लगायतकाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।