बहुदरमाईस्थित तिलावे नदीमा रहेको पुल मर्कामा

वीरगंज भाद्र २९। पर्सा जिल्लाको बहुदरमाइ पुग्नु अगाडि  पूर्वतर्फ रहेको तिलावे नदीमा रहेको पुल  यसरी भाचिएको छ ।

Advertisement

पुल भाचिएपछि आवत जावत गर्न रोक लगाइएको छ । पर्सागढी नगरपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका लगायत आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाई भएको छ ।

पुल भाचिनाले गण्डक भएर वीरगंज आउने र ग्रामीण क्षेत्रतर्फ जाने सर्वसाधारण मर्कामा परेका छन् । विशेषगरी बहुआरी पिडरी, महुवन, पटेर्वा सुगौली लगायतका स्थानीयवासी बढी प्रभावित भएको युवा नेता राकेश यादवले बताएका छन् ।

दैनिक यात्रा गर्ने सर्वसाधारणलाई समेत थप कठिनाइ भोग्नुपर्ने भएकाले पुल बनाउन यस भेगका नेताहरुले दबाब दिनुपर्ने स्थानीयको भनाई रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box