वीरगञ्ज १९ जेठ । वीरगञ्ज महानगरपलिकाको विभिन्न वडाहरुमा जस्तै वीरगञ्ज महानगरपालिका को वडा नं १५ मा सिद्धार्थटोलमा विगत २/३ महिना देखी गिट्टी बालुवा अव्यवस्थित तरीकाले रोडमै राखीएको हुदा पटक पटक दु्रघटना भए पनि सम्बन्धीत निकाय मौन बसेको देखीएको छ ।
आज पनि विहानको १० बजेको समयमा स्कुल जाने क्रममा आज एक विद्यार्थीको दु्रघटना हुनाबाट जोगीएका छन ।
स्थानियका अनुसार यो गिट्टी बालुवा कासको हो जानकारी छैन, यो नयाँ वस्ती भएको कारण रोडमै राखेर विक्री वितरणको अरुकसैले यही राखेको हुनसक्ने स्थानियको भनाई रहेको छ ।
यता वीरगञ्ज महानगरपालिका का नवनिर्वातित मेयर राजेशमान सिंहले महानगरको फोहोर व्यवस्थापन तथा वीरगञ्ज व्यवस्थित बनाउन महनगरको विभिन्न वडाहरुमा अनुगमनको कार्यमा व्यस्त भएको देखीएका छन ।
तर सिद्धर्थटोलमा यसरी दु्रघटना निमत्याउने सक्ने तरीकाले अनाधिकृत रुपले राखीएको गिट्टी बालुवा व्यवस्थि गर्न अव्यवस्थित रुपमा राखीको व्यक्तीलाई कार्वाहीको माग स्थानियले गरेका छन ।