पासपोर्ट नभएको भनि वीरगंजबाट पक्राउ गरिएका बंगलादेशीसँग भिसा र कागजात रहेको खुलासा

वीरगंज/ पर्सा प्रहरीले वीरगंजबाट एक बंगालदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार वीरगंजको एक होटेलबाट बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ बर्षीय महमद सहादत हुसेनलाई पक्राउ गरिएको हो ।

प्रहरीले चाडपर्वलाई लक्षित गरी वीरगंजमा रहेका होटलहरूको चेकजाँच गरेको थियो । सो क्रममा वीरगंज महानगरपालिका–१६ बसपार्क स्थित आर्यन होटल एण्ड लजको कोठा नं.२०२ मा फेला पारि सोधपुछ गर्दा उनको साथमा पासपोर्ट र भिसा लगायतका कागजहरु नरहेकोले पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

पक्राउ परेका हुसेनलाई आवशयक कारवाहीको लागि अध्यागमन कार्यालय वीरगंज बुझाइएको उनले बताए ।

पक्राउ गरिएका बंगलादेशी नागरिकले होटेलमा पासपोर्ट र भिसाको मोबाइलबाट फोटो देखाएर रूम लिएका थिए। प्रहरीले नियन्त्रणमा लिने बेलामा उनले पासपोर्ट र भिसा सम्बन्धी कागजात साथीसँग रहेकोले पेश गर्न नसक्दा नियन्त्रणमा लिएको बताईन्छ।

यद्यपि मोहम्मद सहादतको पासपोर्टसहितको भिसाको फोटो सामाजिक संजालबाट प्राप्त भएको छ। पासपोर्ट र भिसा सक्कली वा नक्कली हो भन्ने यकीन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
294
+1
12
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.