साहबुद्धिनको श्रीमती नजमा बेगमलाई पक्राउ गर्न उच्चको आदेश

बीरगन्ज वडा न ३ निवासी नजमा वेगमलाई पक्राउ गरी वादीको विगो दाखिला गर्न गराउन उच्च अदालत इजलास बीरगन्जले बिहीबार पुन: दोश्रो पटक आदेश गरेको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र न २ को सभापती म.सहाबुदिन को पत्नी नजमा बेगम अहिले फरार रहेका छ्न। उच्च अदालत इजलास बीरगन्जले नजमा ले २०८१ जेठ २१ गते दायर गरेको निवेदन बिहीवार खारेज गर्दै कलैया वडा न ४ बस्ने दिपु प्रसाद गुप्तालाई विगो दाखिला गर्न आदेश गरेको छ ।

Advertisement

सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैना स्वरुप बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नं.४ का दिपु प्रसाद गुप्तासंग ७५ लाख रुपया बुझेका थिए। पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसंग गर्न लगाएका थिए।
साहसंग पटक-पटक गरि पैसा बुझेपछी सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्नथाले।
जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखेपछी पांच वर्ष पछि २०७८ सालमा पिडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराईदिन माग गर्दै मुद्दा दायर गरे। अदालतले २०८० पुस ८ गते गुप्ताको पक्षमा फैसला गर्दै ७ दिन भित्रमा ७५ लाख रुपया अदालतमा दखिला गर्न आदेश दिएको थियो। बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भएपछी आतिएका सहाबुदिन दम्पत्ती २०८० माघ ४ गते बारा जिल्ला अदालतमा बिनती पत्र चढाउदै २०८० माघ मसान्त भित्र ३ किस्तामा गरि रकम दाखिला गर्ने सुबिधा प्रदान गरिदिन आग्रह गरेका थिए। सोही मितिमा अदालतले माग बमोजिमको फैशला गरेपनी नजमाले रकम दाखिला गरिनन। अदालतले माघ १४ गते प्रथम किस्ताको २५ लाख रुपया सहित स्वयम् हाजिर हुन आदेश गरेपनी उनिहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपया दाखिला गरि पुन: फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए।
नजमाको माग बमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन। रकम दाखिला नगरेपछी जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी थिइन ।
७५ लाख रुपया बुझाउनु पर्नेमा जम्मा २१ लाख रुपया मात्र अदालतमा दाखिला गरि ५४ लाख रुपया बुझाउन बाकी रहेकोले अदालतले पुन पक्राउ को आदेश दिएको छ ।
पिडित गुप्ताले भने अदालतको निर्णय र प्रमाण सहित आफ्नो बाकी ५४ लाख रुपया पाउनुपर्ने बताउदै आएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box