वीरगंज ८ भाद्र । अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडका सञ्चालकहरु दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले कार्यालयमा ताला लगाएर करिब एक हप्ता देखि सम्पर्कबिहिन हुँदा एजेन्ट र सदस्यहरु पिडा खेप्न बाध्य भएका छन् ।
अभियानका मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले रहे पनि वीरगंज निवासी दिपेश, सुशिल र ऋषिकान्तले ठगीको रकमबाट धोखाधडी गरेपछि काफ्ले अल्गिएका छन् भने वीरगंजका सम्पूर्ण जिम्मेवारी दिपेश वर्णवालले लिएको स्रोतको कथन रहेको छ ।
नेपालमा चिठा खेलाउन बन्देज रहे पनि स्थानिय प्रहरी प्रशासनको मिलीभगतमा अभियान डिजिटल वल्र्डले गत वर्ष ७ हजार ९ सय ९९ सदस्य बनाई २६ महिनामा ११७५ को दरले २४ करोड ४३ लाख ६९ हजार ४ सय ५० रुपैया असुली गर्ने काम ग¥यो ।
२६ महिनासम्म प्रत्येक महिनामा चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु सदस्यहरुलाई परे पनि प्रायःलाई नदिई हालसम्म अल्झाएर राखेको र नपरेको सदस्यहरुलाई अन्तिममा सान्तावना स्वरुप ३२ हजारको टिभी दिने भनिए पनि सो पनि नदिई वीरगंजको भिस्वा त्रिशुल चौक नजिकै रहेको कार्यालयमा ताला झुण्डयाई सम्पर्क बिहिन हुँदा एजेन्ट र सदस्यहरु आफुहरु ठगिएको पिडा खेप्न बाध्य भएका छन् ।
अभियानले ठगी गरेको करोडौं रकम दम्पच गरी सदस्यहरुलाई सान्तावना पुरस्कार ३२ हजारको टिभी दिने भनिए पनि केही सदस्यहरुलाई थोत्रो र नचल्ने करिब १३ हजारको टिभी थमाउदै गाली खादै हैरान भएको स्रोतले जनाएको छ ।
करिब एक हप्ता अगाडि सान्तावना पुरस्कार र अन्य पुरस्कार नपाएका सदस्यहरुले कार्यालयमै पुगी सञ्चालकहरुलाई आमाचकाली गाली गर्दै आ–आफ्नो सामान माग्न थाले पछि वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताले विष्णु प्रसाद काफ्लेको ढाँडमा लात हाने जस्तै सदस्यहरुलाई पनि हान्ने काम गरिरहेको एक पिडितले यस अनलाईनलाई बताए ।
कार्यालय बन्द हुँदा दिनहुँ सयकडौ सदस्यहरु दुःखित भएर फर्किने गरेका छन् । तर पनि स्थानिय प्रहरी प्रशासन लाजशर्म पच्चाएर ठग सञ्चालकहरुलाई संरक्षण गरिरहेको ती पिडितको भनाई रहेको छ ।
अभियानको काम ठगी, त्यसमा पनि नेपाल सरकारको लाखौं लाखको राजस्व चुहावट तर पनि नियमनकारी निकायको मिलीभगतले अझ पनि कैयौंले ठगिने हुन ? सचेत नागरिकहरुको लागि चिन्ताको विषय बनेको छ ।