वीरगंज ८ भाद्र । वीरगंजमा जनतासँग जसपा र जसपासँग जनता” नाराका साथ जनता समाजवादी पार्टी (जसपा), नेपालले चार महिने आधारभूत संगठन निर्माण अभियानको शुरुवात गरेको छ। जसपा नेपाल पर्साले यस अभियानलाई वीरगजमा औपचारिक रूपमा शुभारम्भ गर्दै महानगर समितिको विस्तार कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको आयोजनामा श्री निरंजन पटेलको अध्यक्षतामा ५१ सदस्यीय महानगर समिति गठन गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो। साथै, पार्टीका केन्द्रीय सदस्यहरू फिरोज मंसुर, विरेन्द्र यादव, रेखा साह, समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरुलहोदा, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, उपाध्यक्ष अजय चौधरी, जिल्ला सचिव तबरेज अहमद, र वडा नं १का वडा अध्यक्ष मनोज पटेल,८ का रितेस गुप्ता ,११ का अजय चोैरसिया,१४का महबुब एलाहि,१६का परसुराम चोैरसिया,२५का अशुतोस चतुर्वेदि,नेताहरूको पनि उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मुख्यमन्त्री राउतले संगठन निर्माण अभियानलाई तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्। उनले २०८४ को आमनिर्वाचनलाई लक्षित गर्दै पार्टीका सदस्यहरूलाई सक्रिय रूपमा मैदानमा उत्रन आह्वान पनि गरेका छन्।
कार्यक्रम विभिन्न भातृ संगठनका नेताहरू गोपि यादव, अमोद यादव, ऐजाजबाबु राँकी, असलम अंसारी, सगिर अली, दिलखुस देवान लगायतका नेताहरूको भव्य उपस्थिति सहित सम्पन्न भएको थियो।
कार्यक्रमले पार्टी संगठनको मजबुतीकरण गर्दै आगामी निर्वाचनमा समेत पूर्ण रुपमा सफलता प्राप्त गर्ने उद्देश्यलाई बल दिने अपेक्षा गरिएको छ।