पर्सा २४ वैशाख । वीरगञ्ज वडा १५ मा जसपाको रात्री सभा सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै वडा नं १५ भिस्वा नयाँ वस्ती सिद्धार्थ टोलमा सम्पन्न भेलाको टोलका अगुवा नेता तथा समाज सेवी रामचन्द्र तिवारी अध्यक्षता र संघीय संसद प्रदिप यादवको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रमको सम्बोधन गर्दै संसद प्रदिप यादवले वीरगञ्जको विकासको प्रति भए पनि गठबन्धनको साझाँ उम्मेदवार रमजेशमान सिंह सहीतको सम्पुणर् पाईनलाई जिताउन आग्रहगरेका छन । मुख्यमन्त्री लालबाबु राउत र मेरो विकास कोषबाट वडा नं १५ मा अरुवडाको तुल्नामा बेसी विकास गरेको बताएका छन । मेयर विजय सरावगीले ललिपप देखाएर भ्रमित पार्न प्रयास गरीरहेको हुदा भ्रमित नहुन आग्रह गरेका छन ।
युवा रोजगार र २० वर्षमा नभएको विकास गरेको छु जस्ता हावादारी उनको भाषणले भ्रमित नहुन आग्रगरेका छन । विकासको नाममा नारायणगढको भ्रष्टचारी ठेकेदार र सल्लाहकार संग साटगाड गरी फोहो व्यवस्थापनको नाममा करोडौ घोटाला गरेको प्रष्टपरेका छन । त्यसैले वीरगञ्जको विकास र समृद्धीको लागी जसपाबाट वडा नं १५ को अध्याक्ष पदको उम्मेदवार रमेश यादव सहित गठबन्धनको उम्मेदवार राजेशमान सिंहलाई भारीबहुमतले जिताउन आग्रह गरेका थिए ।
सोही कार्यक्रममा उपश्थित वडा नं १५ को अध्याक्ष पदको उम्मेदवार रमेश यादव र जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द यादवले यसवडालाई महानगर मात्रनभई संघ र प्रदेश सरकार संग सहकार्य गरी जसरी विकासको कामलाई गरीयो त्यसलाई निरन्तरता दिदै नमुना वडाको रुपमा चिनाउने गरी विकास गर्ने प्रतिवद्धता गरेका थिए ।