प्रहरीले लियो फैयाजुलका परिवारको जाहेरी, वीरगञ्जकी प्रिया सर्राफलाई कारवाहीको माग

वीरगंज

सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका छन् । मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया टोल बस्ने २९ वर्षीय फैयाजुल हकको मृत्यु भएपछि आवश्यक क्षतिपूर्ति र कारवाहीको माग गर्दै मृतकका काका बसिर मिया हजामले जाहेरी दिएका हुन् ।

उनको जाहेरीमा उल्लेख भएअनुसार साउन ३१ गते राती साढे ११ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित माईदिया पोखरि नजिकको बाईपास सडकखण्डमा दुर्घटना भएको हो । वीरगञ्ज महानगरपालिकाको सूचना प्रबिधि शाखामा काम गरी आफ्नो काम सकेर बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने जयमंगलराज गुप्ताले चलाएको मधेश प्रदेश ०३–००५ प. ५७२२ नम्बरको मोटरसाइकलमा पछाडी बसेर फैयाजुल घरतर्फ जाँदै थिए ।

बाईपास सडकमा बि.आर २२ बि.सी.०४९२ नम्बरको भारतीय होन्ड्याई कारले मोटरसाइकललाई ठक्कर दिएको जाहेरीमा उल्लेख छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिबा बस्ने २० वर्षीय प्रिया कुमारी सर्राफले उक्त कार चलाईरहेकी थिइन् । उनीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ भगवती टोल बस्ने ३० वर्षीय राहुलराज सर्राफ समेत कारमा सवार थिए ।

कारले हर्न पनि नबजाई र बत्ती समेतको कुनै ईशारा नगरी मोड्ने बेलामा मोटरसाइकललाई ठक्कर दिएको जाहेरीमा लेखिएको छ । कारको ठक्करबाट मोटरसाइकल चालक जयमंगलराज गुप्ताको शरीरको विभिन्न भागहरुमा सामान्य चोट लागेको छ भने पछाडी सवार फैयाजुलको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

दुर्घटना पछि फैयाजुललाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । तर त्याहाँ उपचार हुन नसकेपछि गण्डकस्थित नेपाल मेडिसिटी बयोद्या अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा सोमवार राति करिब १० बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सकले मृत घोषणा गरेपछि शबलाई सनाखतको लागि वीरगञ्जस्थित नारायणी अस्पतालको शब गृहमा राखिएको छ ।

प्रिया कुमारी सर्राफले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सवारी ज्यान सम्बन्धी कसूर गरेको हुँदा पक्राउ गरी सोही बमोजिमको कारवाही गर्नुपर्ने जाहेरीमा माग गरिएको छ । साथै सोही ऐनको दफा १६३ बमोजिम मृतक भतिजको सम्पूर्ण उपार खर्च, क्रिया खर्च र क्षतिपूर्ति समेत भराई पाउनुपर्ने काकाको माग छ ।

जाहेरीमा मृतकका परिवारका पक्षले लेखेको कुरा र प्रहरीले दिएको प्रतिक्रिया आपसमा बाँझीएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले मोटरसाइकल चालककै त्रुटी रहेको प्रतिक्रिया दिए । उनकाअनुसार कारलाई मोटरसाइकलले नै ठक्कर दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले पनि कारलाई मोटरसाइकलले ठक्कर दिएको मुचुल्का उठाइएको बताए । यद्यपी उनले घटनाको बारेमा सो क्षेत्रमा रहेको सिसिटिभी फुटेज हेर्ने देखि अन्य आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । साभार यात्रा daily

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.