स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसको वृहत मोटरसाईकल र्‍याली

पर्सा २४ वैशाख । वीरगञ्ज महानगर वडा नं १५ मा नेपाली काँग्रेसले वृहत मोटरसाईकल र्‍याली निकालेको छ ।


बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसबाट वडा नं १५को अध्यक्ष पदको उम्मेदवार गजेन्द्र प्रसाद कुर्मीको आयोजनामा मोटरसाईकल वृहत र्‍याली निकालिएको नेपाली काँग्रसका स्थानिय नेता अनिल सिंहले बताउनु भयो ।


मोटरसाईकल र्‍याली संगै वडा नं १५ को विभिन्न टोलमा एकै साथ घरदैलो कार्यक्रम सम्पन्न गरीएको वहाले बताउनु भयो ।
विकासको एकमात्र आधार नेपाली काँग्रेस एक मात्रआधार नारा सहीत वडा नं १५ बाट अध्यक्ष पदको उम्मेदवार गजेन्द्र प्रसाद कुर्मीलाई जिताउन वडाका युवा संजाल, बुद्धीजिवी, महिला लगायतको ठुलो उपश्थितीले यस वडामा नेपाली काँग्रसको जित निश्चित रहेको नेता अनिल सिंहको भनाईरहेको थियो ।
मोटरसाईकल र्‍याली वडा नं १५ को लक्ष्मनाव, भेडीयाही , भिस्वा, वसपार्क , नयाँवस्ती हुदै पुन लक्ष्मनवा पुगी कोण सभामा परिणनत भएको थियो ।

Facebook Comments Box

समन्धित समाचार