हिन्दु परिषद् नेपालद्वारा खुल्ला रक्तदान, पाँच महिला सहित ४४ जनाले रक्तदान गरे

बिरगंज २५ साउन । हिन्दु परिषद् नेपाल युवा नगर समिति दुारा खुल्ला रक्त दान कार्यक्रममा पाँच महिला सहित ४४ जनाले रक्तदान गरे ।

Advertisement

आनन्द पाइन्छ पुण्य कर्ममा फेरि दिला किन रक्तदान गर्नमा भन्ने मुल नाराका साथ हिन्दु परिषद् नेपाल युवा नगर कार्यसमिति बीरगंजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साकाे समन्वयमा घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रममा ५ महिला सहित ४४ जनाले रक्तदान गरेका छन् ।

हिन्दु परिषद् नेपाल युवा नगर कार्यसमिति बीरगंजका अध्यक्ष दिपक सरार्फको अध्यक्षता तथा मधेस प्रदेशका पुर्व मन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा सो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि शर्माले रक्तदान भनेको मानवीय जिवनमा धेरै पुण्य काम हुने भएकोले १८ वर्ष नाघेका स्वास्थ्य ब्यक्तिले रक्तदान गर्न सक्ने भएकोले रक्तदान गर्नमा उत्साहित गराउन मद्दत गर्न लगाउनुपर्ने बताएका छन् ।

रक्तदान गर्नेहरु चन्दा शर्मा ,ममता कुमारी ,बन्दना शर्मा ,नेहा चौरसिया,नजराना खातुन ,सुरेश साह कानु,विनोद पटेल ,अंशु प्रजापति ,श्याम गुप्ता ,अरुण कुशवाहा,नवराज कुशवाहा लगायत ४४ जनाले रक्तदान गरेको रेडक्रस सोसाइटीका जितेन्द्र कुशवाहाले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रममा हिन्दु परिषद् नेपालका केन्द्रीय अध्यक्ष संजय कुमार सरार्फ,पोखरीया नगरपालिकाका उपप्रमुख रुवी कुमारी ठाकुर ,हिन्दु परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष सुरेश साह कानु हिन्दु परिषद्का महिला जिल्ला अध्यक्ष संगीता गुप्ता ,उपाध्यक्ष चन्दा शर्मा ,सहसचिव रुपशिला जैसवाल ,केन्द्रीय सचिव आमोद कुमार केवट,सहसचिव अंशु कुमार प्रजापति , केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु प्रसाद कुर्मी ,पुर्व महासचिव अनिरुद्र सिंह ,केन्द्रीय सदस्य अजिता देवी पटेल ,चित्ररन्जन श्रीवास्तव,नगर युवा उपाध्यक्ष राहुल वाडिया,प्रसौनी गापा अध्यक्ष अरबिन्द मदवाल लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box