बिरगंज १२ साउन । गुरुपुर्णिामाको दिन देखि एक महिना सम्म चल्ने गुरु दक्षिणा कार्यक्रम शनिबार बहुदरमाई नगरपालिकामा सम्पन्न भएको छ।
हिन्दु स्वयंसेवक संघ नेपालले देशब्यापी गुरु दक्षिणा कार्यक्रम संचालन गरिरहेको संघका पर्सा जिल्लाका कार्यवाह कृष्ण चौरसियाले जानकारी दिनुभएको छ । उनलेे भने हिन्दु धर्म संस्कृति तथा पहिचानलाई संरक्षण गर्ने उदेश्यले अहिले विभिन्न पालिकाहरुको वडा उक्त गुरु दक्षिणा कार्यक्रम भइरहेको बताए ।
गुरु दक्षिना कार्यक्रमका मुख्य वक्ता एवम् विभाग शारीरिक प्रमुख उमेश यादवले गुरुले कर्म संस्कार ,ब्यक्तिगत चरित्र ,अनुशासन , तथा समाज परिवर्तन गर्ने तथा अध्यारोबाटो उज्यालो बाटो तर्फ देखाउने गुरु भएकोले हामीले सम्मान तथा इज्जत दिनु पर्ने धारणा राख्नु भएको थियो ।
प्रमुख वक्ता यादवले बताए अनुसार अहिले गुरुको संस्कार गर्ने परिपाटी हराउँदै गइरहेकोमा हामी हिन्दु स्वयंसेवक संघ नेपालले गुरुको सम्मान र इज्जत जोगाउन स्वयंसेवक परिचालन गरेर देश ब्यापी यो अभियान सफल गर्न लागि परेको बताएका छन् ।
गुरु दक्षिना गर्नुपर्ने कारण हाम्रो धर्म अनुसार आफ्नो गुरु वर्गलाई सम्मान तथा इज्जत कसरी दिनुपर्छ भन्ने बारेमा संस्कार सिकाउने गरिन्छ । अहिले गुरु वर्गलाई हेर्ने परिपाटी प्रति चिन्ता ब्यक्त लागेकोले अहिले देखि सफल बनाउन आफुहरु लागेको प्रमुख वक्ता यादवको भनाइ रहेको छ । हिन्दु धर्मको संस्कृति जगेर्ना गर्न युवाहरु सक्रिय रुपमा लागि रहेको र यसलाई प्रभावकारी बनाउन टोल टोलमा खतेर समाज रुपान्तरणको लागि हिन्दु स्वयंसेवक संघ लागि परेको उनको भनाइ रहेको छ।
जिल्ला संघचालक प्रवक्ता माधवराजपालले हिन्दु स्वयंसेवक संघ किन बनेको र यसको महत्त्वपूर्ण उदेश्य के हो भने हिन्दु स्वयंसेवक संघले आफ्नो धर्म संस्कार ,संस्कृतिको रक्षा तथा परामपरागत संस्कृतिको संरक्षण गर्ने जिम्मेवारीका साथ लागि परेको बताए। हिन्दु सनातन धर्मलाई विश्वभर चिनाउने काम डाक्टर केशव बलिराम हेडकेवारले गरेको आज भन्दा ९९ वर्ष पहिला स्थापना गरेर जानुभएको हो । आगामी २०२५ मा १०० वर्ष पुग्ने क्रममा विश्वभर विभिन्न कार्यक्रम गरि मनाइ रहेको छ।
नेपालमा पनि हिन्दु स्वयंसेवक संघ नेपालले ७७ जिल्लाहरुमा गुरु दक्षिणा कार्यक्रम भइरहेको जिल्ला सह कार्यवाह ओमप्रकाश गुप्ताले बताएका छन् । गुप्ताले बताए अनुसार अब संगठन निर्माण गर्न तिर लाग्नुपर्ने र हामीलाई संख्यात्मक होइन गुणात्मक चाहियो भनेर बताए । सो गुरु दक्षिना कार्यक्रममा विभाग विद्यार्थी विस्तारक विक्रम मण्डल लगायत संघका सयौंको स्वयंसेवकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।