बिरगंज १२ साउन । बीरगंजबाट प्रकाशित हुदै आइरहेको मधेस तेस्रो आँखा दैनिक पत्रिकाको तेस्रो वार्षिकोत्सबको उदघाटन जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादवले गर्नुभएको थियो ।उनलेे भने पत्रकारले सत्य तथ्य समाचार लेख्न आग्रह गर्नुभएको हो ।
अहिले पत्रकारले हचुवाको भरमा समाचार लेख्ने गर्नाले जनताको विश्वास गुम्ने खतरा बाट आफ्नो शाख राख्न प्रमुख यादवले अपिल गरेका हुन । पत्रकारले समाजमा भइरहेको बेथितिको बारेमा उजागर गर्ने काममा सहयोगी भुमिका खेल्नुपर्ने बताए ।
त्यसैगरी विशिष्ट अतिथि सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले अहिले केही पत्रकार आफ्नो ब्यक्तिगत फाइदा लिने उदेश्यले पित पत्रकारीता गर्नाले सिगो पत्रकारीता माथि लालछाना चल्ने काम भइरहेको बताए । उनलेे आफ्नो पालिकामा हुदै नभएको भ्रष्टाचारको समाचार लेखेर ब्यक्तिगत लाभान्वित हुने बीरगंजको एक पत्रिकाले गरेको सखुवा प्रसौनी गाउँपालिका प्रमुख यादवले खुलासा गरेका छन् ।
पालिकाले करोडौं रकम भ्रष्टाचार गरेको भन्ने समाचार प्रति सो वार्षिकोत्सब समारोहमा यादवले बताएका हुन ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने ,नेपाल पत्रकार महासंघका मधेस प्रदेशका महासचिव श्याम बन्जारा,,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,बानका मधेस प्रदेशका अध्यक्ष आशिक अन्सारी ,सौर्न्दर्य युनियनका मधेस प्रदेशका अध्यक्ष ओम कुमारी शर्मा ,प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम ,प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भन्डारी,लगायतले पत्रकारीता पेसा मर्यादा भित्र रहेर सत्य तथ्य समाचार लेख्ने चुनौतीपूर्ण काम भएको बताएका छन् ।
अहिलेको अवस्थामा पत्रिका संचालन गर्नु चानचुने कुरा नभएको त्यसैले सबैको साथ सहयोग तथा समन्वयको खाचो रहेको बताएका छन् ।कार्यक्रमको स्वागत मनतब्य पत्रिकाका प्रधान सम्पादक गणेश ठकुरीले गर्नुभएको भने कार्यक्रमको सहजिकरण पत्रकार सुर्य वि. क. ले गरेका थिए।