नेपाल जनता पार्टीको अगुवा कार्यकर्ता भेला बीरगंजमा सम्पन्

बीरगंज ६ सावन
नेपाल जनता पार्टि पर्सा जिल्ला समितीको आयोजनामा आज रानीसती मन्दिर बीरगंजमा अगुवा कार्यकर्ता भेला सम्पन् भएको छ।

Advertisement

पर्सा जिल्लामा संगठन विस्तार एवम स्थानीय तहमा हिन्दू राष्ट्रको लागी जनजागरण एवम संकल्प सभा नेजपाले गरने भएको छ। धर्म निरपेकक्षताको आड़मा तीन तहको सरकारले हिन्दू समाज संग गुंडागर्दी गर्दै आएकोले धर्म निरपेक्ष खारिज़ गरी हिन्दू राष्ट्र स्थापनाको निर्णायक आन्दोलनको लागी तयार रहन नेताहरुले कार्यकर्ता लाई निर्देशन दिएका थीए।पर्वको नाममा अराजक शैली,धर्म परिवर्तन,गौ हत्या, लबजिहाद, सनातन धर्म कमजोर गर्न् विभिन्न जालझेल, मठ मन्दिरको जग्गा कब्जा,धार्मिक अभियान्ता माथी आक्रमण,हिन्दू आस्था संग खेलवाङ,हिन्दू माथी राज्य आक्रमक र अन्य प्रति उदाशीन लगाएत अनेकौ उदाहरण रहेका छन।

ठुला राजनीतिक दलहरुले केवल नेपाली जनता लाई लड़ाऊंने र आपसी एकता विभाजन गराऊंने फोहरी खेल खेलदै आएका छन।पैसाको लागी नेपाल र नेपालीहरुको पहिचान हिन्दू राष्ट्र नेपाल मिटाउने कार्य गरे अनी हाम्रो विश्व सामू भएको पहिचान खोसियों। हिमाल पहाड़ तराई मधेश लाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र। अब जात,भूगोल, पहिरण, भाषा, संस्कृतिको नाममा नेपाली जनता लाई लड़ाऊने र मूर्ख बनाउने कार्य बन्द गर्न् ठुला राजनीतिक दल लाई अनुरोध गर्दै हिन्दू धर्मकों विरोध गरने लाई अब तह लगाऊँने बेला आएको नेजपा नेताहरुले बताए।

हिन्दू राष्ट्र नेपाल स्थापना हेतु नेजपाको संघर्ष जारी रहेको छ। धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य भई रहेको छ।

नेजपा पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जैसवाल, केन्द्रीय महामंत्री राजनन्दन चौधरी, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, प्रहलाद कलवार, मधेस प्रदेश समिति सदस्यहरु पारस दुबेदी,रामप्रसाद कुर्मी,हजारी काफलको संरक्षक बैजनाथ चौधरी,हनुमान मन्दिर महंथन हनुमान दास,श्रीराम जानकी मन्दिर महंथन् प्रमानंद दास, शिक्षा प्रेमी नागेन्द्र सिंह, नेजपा पर्सा जिल्ला उपाध्यक्ष धीरज साह,महामंत्री नवीन मिश्रा, मंत्री आनन्द सिंह, कार्य समिति सदस्यहरु संतोष कुशवाहा,प्रमोद शर्मा, सुमन्त कुमार दीप,राजेश साह,श्रीदेवी साह, उर्मिला गिरी,रामायण यादव,जयलाल कुर्मी सहितकाले आ-आफ़नो विचार व्यक्त गरेका थीए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box