बीरगंज ३० असार । हिन्दू राष्ट्र नेपाल स्थापना हेतु नेपाल जनता पार्टी (नेजपा)ले केन्द्रित आन्दोलनका लागि देशभरि बाट २० हजार युवा दस्ता तयार गरने योजना अघि सारेको छ।
वर्षा याम पछि मेचि महाकाली जनजागरण एवम संकल्प सभा मार्फत हिन्दू राष्ट्रको लागी निर्णायक आन्दोलनका लागि देश भरि बाट जुझारु युवा नेजपाले छनौट गर्नेछ । चुनिएका युवाहरूलाई नेजपा एवम सहयोगी सरोकारवाला संग सहकार्य गरेर विशेष प्रशिक्षण दिनेछन् ।
नेजपा केन्द्रीय वरिष्ठ नेता तथा वार्ता समिति संयोजक संतोषानन्द महाराजले मठमन्दिर सफाइ,धार्मिक कार्य,सामाजिक कार्य, धार्मिक एवं सामाजिक संघ-संस्थाले गर्ने कार्यमा रचनात्मक भुमिका निर्वाह गर्न नेजपा केन्द्रीय समितिका नेतागण,प्रदेश समिति,जिल्ला समिति,महानगर,उप-महानगर, नगरपालिका तथा गाउँपालिका समितिहरूलाई अनुरोध गरेको बताउनु भयो।
महाराजले भने हिन्दू राष्ट्रको लागी काठमाडौँ,ललितपुर र भक्तपुर जिल्लाको निर्णायक भुमिका हुने भएकोले काठमाडौँ उपत्यका भित्र जनजागरण कार्यक्रम,संकल्प सभा र विरोध कार्यक्रमहरु गतिलो तरीकाले गर्नु परने आवस्यकता रहेको छ।
विकास निमार्ण,सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमितताका विरुद्धमा पार्टीका हरेक तह तपकाका नेता कार्यकर्तालाई अनुरोध गर्दै संगठन विस्तार कार्य लाई विशेष प्राथमिकता दिन समेत आग्रह गरेका छन।
समान विचारधारा भएका दल, समूह, संघ-संस्था र व्यक्ति सँग अन्तरक्रिया जारी राख्नेछ।धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारी लगायत बुद्धिजीवी सँग नेजपाको मुल बटम लाइन एकात्म मानववाद, सनातन हिन्दू राष्ट्र, सांस्कृतिक राष्ट्रवाद बारे आम सरोकारवाला लाई ध्यान आकर्षण गराऊने कार्य जारी राखन नेता कार्यकर्ता लाई महाराजले निवेदन गरेका छन।
वीरगन्ज बाट काठमाडौँ तर्फ आइरहेको र काठमाडौँ बाट गौर तर्फ गईरहेको यात्रु बाहक बसहरू नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले २ बस त्रिशुलीमा खसेको घटनाले हामी सबै लाई मर्माहित बनाएको छ। सबैको सकुशल उदार होस भनी आराध्य देव भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछौ।
दुबै बसमा 65 जना यात्रु सवार रहेका थीए। जस मध्य 3 जना हाम फालेर ज्यान जोगाऊंन सफल भए। सम्पूर्ण शक्ति लगाएर खोजिकार्य गर्न् नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार संग अनुरोध गर्दछौ। घाइतेहरुको श्रीघ स्वास्थ्य लाभको कामना संगै मृतक प्रति भावपूर्ण सम्बेदना नेपाल जनता पार्टी परिवार अर्पण गर्दछ ।
नेपाल सरकार संग घाइतेको सम्पूर्ण उपचार एवम मृत्यु भएका नागरिकका परिवार लाई क्षतिपूर्ति दिन समेत मांग गर्दछौ। देशभरी वाडी पहिरो बाट नागरिक घरवार विहीन एवम पीड़ित भएकोले उचित राहत व्यवस्था गर्न तीन तहको सरकार लाई नेजपा आग्रह गर्दछ।