बिरगंजमा नेजपाको बैठक सम्पन्न, १५ बुंदे निर्णय

बीरगंज १५ असार । बिरगंजको रानीसती मन्दिरमा नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिको बैठकमा आज ११ बुंदे निर्णय गर्दै सम्पन गरेको छ।

बैठकमा संगठन विस्तार, हिन्दू राष्ट्र नेपाल स्थापना हेतु जनजागरण कार्यक्रम, सनातन धर्म रक्षा हेतु सरोकारवालाहरु संग भेटघाट एवम अन्तरक्रिया,गौ हत्या वा तस्करी,धर्म-परिवर्तन, लबजिहाद,सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी देवताको फोटो दुरूपयोग,हरेक स्थानीय निकायमा कोण सभा,रक्तदान कार्यक्रम,स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण कार्यक्रम,धार्मिक स्थलको विकास बारे सरोकरवालाहरुको ध्यानआकर्षण गराउने, छुवाछूत र भेदभाव बारे जागरण,समाजमा राम्रो कार्य गर्ने लाई सम्मान गरने जस्ता विषयमा गहन छलफल भएको थियो।

बैठकमा बोल्दै नेताहरुले २०८३/२०८४ सालको स्थानीय निकाय एवम आम निर्वाचनमा नेजपा लाई पर्सा जिल्लाको पहिलो पार्टी बनाउनेमा जोड़ दिएका थीए। सनातन धर्मको अपमान गरने लाई तह लगाउने जिम्मा युवा मोर्चा लाई निर्देशन गरिएको बैठकमा सहभागी एक नेताले बताए । समाजमा हुने धार्मिक एवम सामाजिक कार्यमा रचनात्मक भुमिका निर्वाह गर्न् सम्पूर्ण अगुवा नेताहरू लाई सर्कुलेशन जारी गरिएको छ।

बैठकमा नेजपाका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू,अधिवक्ता बिनोद कुर्मी,पिया सिंह,मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी,रामप्रसाद कुर्मी,विभा साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी,उपाध्यक्षहरु धीरज साह, सचितानंद गिरी,महामंत्री नवीन मिश्रा,जिल्ला सदस्यहरु संतोष कुशवाहा,प्रमोद शर्मा,पिउस गुप्ता,मनोज सराफ,विनय सिंह,सामंत कुमार दीप,राजेश साह, वरिष्ठ सल्लहकार सोहर बाबा,हनुमान दास सहित सहभागी रहेका थिए।

साथै बैठकले नेजपा पर्सा जिल्ला समितिका मंत्री आनन्द सिंह कुर्मी ज्यूको पूजनीय आमा स्वर्गीय बिन्दा देवी ज्यूको निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भावपूर्ण सम्बेदना अर्पण गरेको थियो। असार 8 गते उपचारको क्रममा भरतपुरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.