प्रहरी चौकी ईनर्वाद्वारा खुल्ला रक्तदानमा २ महिला सहित १३१ जनाले गरे रक्तदान

वीरगंज २६ जेठ । बिरगंज स्थित प्रहरी चौकी ईनर्वाको आयोजनामा आज वीरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

Advertisement

ईनर्वा प्रहरी चौकीका ईन्र्चाज तेजप्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारती,संचारकर्मी राकेश साह गोंढ, रामप्रवेश साह कानु, भगवान कुर्मी, उमेश लामा,राजेश दुवे,अलि अख्तर,हरिमोहन रौनियार लगायतकाले रक्तदान गरेका थिए ।रगतको बढ्दो माँगलाई मध्यनजगर गर्दै खुल्ला रक्तदान गरिएको कार्यक्रम संयोजक सिंहले जानकारी दिए । उनले यस अघि पनि आफुले छपकैयामा वृहत रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको बताए ।

सिंहले अगामि दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक केशर न्यौपाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी उपरिक्षक पुष्कर वोगटी, वडा नम्बर २ का वडा अध्यक्ष महमद रेयाज, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया लगायतको उपस्थिती थियो। सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र सहित गम्छाले सम्मानित समेत गरिएको थियो । 

यसैगरी आजै बाराको कलैयामा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कटिया स्टेशन कलैयाको आयोजना र कलैया सिटी जेसिसको सहयोगमा रक्तदान सम्पन्न भएको हो । कार्यक्रममा ३४ जनाले रक्तदान गरेको  रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box