हिन्दू स्वयंसेवक संघ नेपाल बिरगंजद्वारा रामजानकीमठ र छठघाटमा वृहत सरसफाई

बिरगंज २६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपाल बिरगंजले श्रीपुर रानीघाट स्थित रामजानकीमठ र छठघाटमा वृहत सरसफाई गरिएको छ ।

Advertisement

मंगलबार राती आएको आँधी र पानीले मठ प्रागंनमा फोहर जम्मा भएको र मन्दिर समेत कुरुप देखिन थालेकोले वृहत सरसफाई गरिएको हिन्दू स्वयंसेवक संघ बिरगंजका राजा गुप्ताले बताएका छन । संघका दुई दर्जन भन्दा बढि स्वंयसेवकहरुले जय श्री राम को नारा सहित हाम्रो मन्दिर ,हाम्रो धर्म संस्कृति , हाम्रो गौरव भन्दै नारा लगाउदै सरसफाइ गरेका छन ।

हिन्दू स्वयंसेवक सघ नेपाल बिरगंजले आफ्नो धर्म संस्कृतिलाई संरक्षण गर्न सेवा कार्यलाई अगाडि बढाउदै प्रत्येक मठ मन्दिर सरसफाई तथा व्यवस्थापन अभियान सुरु गर्नेका साथै सेवा नै धर्म भन्दै संघका गुप्ताले बताएका छन ।

नेपाललाइ आफ्नो आमा सरह मानिसस स्वयंसेवक संघका युवाहरूले आजदेखि प्रत्येक मठ मन्दिर सरसफाई तथा व्यवस्थापन कार्य गर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box