अभिमुखिकरण तालिम को आयोजना वीरगंज महानगर

वीरगंज महानगरपालिका न्यायिक समिती को आयोजना अभिमुखिकरण तालिम को आयोजना गरेको छ।

Advertisement

बिरगंज महानगर अन्तर्गत रहेको पुरुष,महिला तथा बालबालिका हरु लाई अभिमुखिकरण को तालिम दिइएको थियो। उक्त अभिमुखिकरण तालिम मा बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलम को प्रमुख अतिथित्वमा भएको अभिमुखिकरण तालिममा न्यायिक समितिबाट प्रदान गरिने सेवा सुबिधा तथा न्यायिक समितिमा कुन कुन विषयमा उजुरी दिन सकिन्छ त्यसको बारेमा जानकारी गराउनु भएको थियो ।

अहिले सम्म न्यायिक समिती मा कुन कुन मुद्दा बढी परेको र कुन कुन मुद्दा फर्चोट भैसकेको छ त्यसको बारेमा प्रष्ट पार्नु भएको थियो। आफ्नो कार्यकाल को दुई वर्ष मा थुप्रो एस्तो मुद्दाहरु मिलाएर मिलापत्र गरि पठाइ सकेको छु।

उजुरी परेपछि तुरुन्त दुबै पक्षलाई बोलाई समस्या समाधान गरेको छु भएनु भएको थियो सो तालिमको प्रशिक्षण न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धन बहादुर थापा ले दिनु भएको थियो । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब दिनु भयो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box