स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ ।

पर्सा १४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ ।

प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट प्रमुख पदमा २ सय ६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४ सय १८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २ सय ५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४ सय १० जना महिलाको उम्मेदवारी परेको छ ।

त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र १ सय १९ महिलाले उम्मेदवारी दिएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २ सय ५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३ सय ६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १ सय ८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २ सय ९२ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट १ सय ५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २ सय ६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ ।

त्यसैगरी वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन् । माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्म सबै पदमा गरी १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.