रामनवमी को अवसर मा आयोजित श्रीभवानी मेला को उद्घाटन भएको छ

 

Advertisement

वीरगंज महानगर पालिका वार्ड नं.२२ मा रामनवमी को अवसर मा आयोजित श्रीभवानी मेला को उद्घाटन भएको छ। जगरनाथपुर युवा क्लब द्वारा आयोजित श्रीभवानी मेला उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख तथा श्रीभवानी मेला का प्रमुख अतिथि इम्तियाज आलम ले फिता काटेर उद्घाटन गर्नु भएको हो।

उक्त मेला मा क्लब ले कुस्ती प्रतियोगिता को आयोजना गरेको थियो। कुस्ती प्रतियोगिता मा विभिन्न ठाउँ का खालिफा हरुको सहभगिता रहेको थियो। उप प्रमुख इम्तियाज आलम ले खलिफा हरु लाई हात मिलाउँदै आखडा मा कुस्ती गराएका थिए। यस्तो प्रतियोगिता हुनु पर्छ म धन्यवाद दिन चाहन्छु जगरनाथपुर युवा क्लब लाई कि वहाँ हरु यस्तो मेला को आयोजना गर्नु भएको छ। आउने दिनहरु मा म संग कुनै किसिम को सहयो चाहिए मा म सहयोग गर्न तत्पर छु युवा हरुको हवसला बढाउदै मेला सराहाना गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।

मन्तव्य को क्रम मा सो कार्यक्रम मा बिरगंज महानगर पालिका वार्ड नं. २२ का वडा अध्यक्ष दोवारिका महतो ले उप प्रमुख आलम लाई धन्यवाद दिदै भने उप प्रमुख आलम हाम्रो वडा को लागि र वडा बासीहरु को लागि सहयोग गर्न अगाडि रहनु हुन्छ ।

यस्तो मेला हरेक वर्ष युवा क्लब ले आयोजना गर्ने छन म विस्वास लिएको छु भनु भयो। सो मेला मा दर्शक हरु को बाक्लो उपस्थिति रहेको थियो। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box