बिरगंज ४ बैशाख । श्री गहवामाई रथ यात्रा समिति पर्साले यहि बैशाख ५ गते बुधबारको दिन रामनवमीको उपलक्ष्यमा मंगलबार वीरगञ्जको गहवामाई मन्दिर परिषद् बाट मोटरसाइकल ल्याली सहितको प्रभावफेरी कार्यक्रम आयोजना गर्ने रहेकोमा प्रहरीको घेराबन्दीमा सो ल्याली सकिएको थियो ।
वीरगञ्ज महानगरपालीका वडा नं.१० गहवामाई मन्दिरको प्रारङ्गबाट मोटरसाइकल सहितको ल्यालीले नगरको विभिन्न भाग परिक्रमण गर्ने तयारी रहेको भए पनि प्रहरीले घेराबन्दी गरेपछि उक्त ल्याली प्रभावित भएको हो ।
श्री गहवा माई रथ यात्रा समितिले मोटरसाइकल ल्याली माइस्थान,आर्दशनगर,विर्ता,हुदै नारायणी अस्पताल छपकैया,घर्डिअर्वाको राम मन्दिर तथा घन्टाघर हुदै पावरहाउस हुदै पुर्न गहवामाई मन्दिरमा आएर बिसर्जन गर्ने कार्यक्रम रहेकोमा प्रहरीले हस्तक्षेप गरे पछि ल्याली अलखियामठ हुदै आर्दशनगरबाट गहवामाईमा आएर समाप्तभएको महासचिव पप्पु गुप्ताले बताएका छन् ।
उनलेे भने हाम्रो हिन्दु धर्म अनुसार हामीले श्री भगवान गहवामाईको प्रचारप्रसारमा प्रहरीले हस्तक्षेप गरेकोमा दुःखदायी भएको बताए । हाम्रो शान्तिपूर्ण ल्याली निकालेको भए पनि प्रहरीले किन यस्तो गरेको भनेर आफुहरु अचम्मित परेको महासचिव गुप्ताले बताएका हुन ।
महासचिव गुप्ताको भनाइ अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमुद ढुङ्गाेलले के माइस्थान चौक अलखियामठ चौक, आदर्शनगर चौक,घडिअर्वा चौक र घन्टाघर चौक सम्म मात्र हिन्दुहरु घर छ भनेर प्रश्न गरेका छन् ? यस्तो परित्र हिन्दु धर्म संस्कृति मनाउन आफ्नो देशमा खुलेआम किन बन्देज लगाइएको हो ? हामीलाई आर्चाय लागेको बताउदै हाम्रो संस्कार संस्कृति पनि ओझेलमा पार्न खोजिएको त होइन भनेर बताए ।
श्री गहवामाई रथ यात्रा समितिका महासचिव गुप्ताले भने आगामी दिनमा प्रहरीले हस्तक्षेप गरेको खण्डमा हामीले कडा प्रतिकार गर्ने र हाम्रो धर्म संस्कृति संग कसैले खेलवाड गर्न नदिने उदघोष गरेका छन् ।