प्रभु हॉस्पिटल र बयोध्या होस्पिटलमा छड़के

 

Advertisement

वीरगंज २७ चैत्र ।वीरगंज महानगर पालिका को अनुगमन टोलि ले मंगलबारपनि वीरगंज को दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ । वीरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगन्जको गण्डक स्थित रहेको नारायणी बयोधा मेडिसिटिी अस्पताल र वीरगन्जकोे पानीटंकी रोड स्थित प्रभु हस्पिटलमा अनुगमन गरेको छ।

बयोधा मेडिसिटी अस्पतालको ल्याब, आईसियु फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यसक्रममा कुनैपनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा बिरगंज महानगरका कार्यपालिका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । प्रभु हस्पिटलकोपनि ल्याब, आईसियु , फार्मेसी र चमेनागृह (क्यान्टिन) मापनि अनुगमन गर्दा त्यहाँपनि कुनै त्रुटी नभेटिएको जानकारी ठाकुरले दिए । दुवै अस्पतालमा सरसफाइको अवस्थापनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी समेत दिए । अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रहासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतकोपनि सहभागीता थियो ।
यसअघि सोमबार उक्त अनुगमन समितिले वीरगन्जकै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमापनि अनुगमन गरेको थियो ।सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box