Post Views: 131
वीरगंज २३ चैत्र । मुस्लिम समुदायको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगंज महानगरपालिकाले शुक्रबार इफ्तार आयोजना गरेको छ ।
आपसी भाईचारा अभिबृद्धि हेतु वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रबार बेलुकी इफ्तार आयोजना गर्न लागेको हो ।
बेलुका हुने दावत ए इफ्तारमा सहभागी भइदिन सम्पूर्ण मुस्लिम समुदायलाई महानगर प्रमुख राजेशमान सिंहले अपिल गर्नु भएको छ ।
प्रमुख सिंहले भन्नुभयो, ‘आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गर्न लागिएको इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0